site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
०८२ मंसिरभित्रै महाधिवेशनका लागि दबाब दिन शेखर कोइरालाको आह्वान
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ०८२ मंसिरभित्रै महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका छन् । मोरङ–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालले दबाब नपुगेसम्म नेतृत्व र पदाधिकारीले समयमा महाधिवेशन नगराउने बताए ।

“०८२ मंसिरभित्र महाधिवेशन भएन भने कांग्रेस कमजोर हुँदै जान्छ । अधिवेशन तपाईंजस्ता नेता कार्यकर्तालाई, हामीजस्ता व्यक्तिलाई चाहिएको छ,” कोइरालाले भने, “पार्टी सञ्चालन गरिरहेकाहरूलाई महाधिवेशन चाहिएकै छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले पदको विलास गरेर बस्नेहरूले विधि र पद्धति ख्यान नगर्ने प्रवृत्ति रहेको बताए । दबाबका लागि सामाजिक सञ्जालबाटै अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ ।

“सामाजिक सञ्जालमा लेख्नुस्, ०८२ भित्र पार्टीको महाधिवेशन गर्नुपर्छ । यसले धेरै ठूलो दबाब सिर्जना गर्छ,” कोइरालाले भने, “हामी हेरौँ न, पार्टीको महाधिवेशन समयमा गर्न हुँदैन, उपयुक्त छैन भन्न कसले सक्दो रहेछ ।”
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्