site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवा राजतन्त्रका पक्षमा छन् भन्नेलाई शर्माको जवाफ– राप्रपा अध्यक्षको फेसबुक पेज हेरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रका पक्षमा जनमत कति छ भनेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम हेर्न आग्रह गरेका छन् । स्ववियु निर्वाचनको परिणामबारे उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनको फेसबुक पोस्ट हेर्न आग्रह गरेका हुन् ।

झापाको एउटा क्याम्पसमा ४० विद्यार्थी रहेका र त्यहाँ ३७ मत खसेको उनले उल्लेख गरे । त्यहाँ २६ मत ल्याएर जितेका एक्ला व्यक्तिलाई गर्वका साथ लिङदेनले बधाई दिएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दुई वर्षअघिको निर्वाचनमा प्राप्त मत तपाईंहरूलाई पुरानो भयो होला, स्वतन्त्र विद्यार्थी युनियन चुनावको परिणामबारे राप्रपा अध्यक्षले फेसबुकमा राखेको पोस्ट हेरौँ,” शर्माले भने, “त्यहाँ एउटा दारी झुप्प भएको एउटा फोटो देख्न सकिन्छ, जहाँ उहाँ (राजेन्द्र लिङदेन)ले गर्व गर्दै बधाई दिएका व्यक्तिले झापाको एउटा ४० जना भोट रहेको, ३७ मत खसेको र २६ मत पाएर जितेको व्यक्तिलाई बधाई दिनुभएको छ ।”

उनले युवा जनमत आफूहरूसँग छ भन्ने राजावादीले जितेको त्यो मात्र एउटा क्याम्पस भएको बताए ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्