site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुर्गा प्रसाईंको दाबी : नेपालमै छु, भावी रणनीति तयार गर्दै छु 

काठमाडौं । गत १५ गते शुक्रबार राजावादीहरूले आयोजना गरेको आन्दोलनका कमान्डर तोकिएका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । हाल फरार रहेका प्रसाईंले नेपाल छाडिसकेको सुरक्षास्रोतको दाबीविपरीत उनले आफू नेपालमै रहेको बताएका हुन् । 

प्रसाईंले आफ्नो सचिवालयको फेसबुकमा स्टाटस लेखेर आफू नेपालमै रहेको र रणनीति बनाइरहेको दाबी गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूले नेपालमै लुक्ने ठाउँ भेटेको तर नेताहरूले त्यस्तो ठाउँ पनि भेट्न नसक्ने दाबी गर्दै उनले आफू सिंह भएको दाबी गर्दै उनले सिंहले पनि सिकार गर्नुभन्दा पहिला एक कदम पछि हट्ने बताएका छन् । 

उनले लेखेका छन्,“शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदै छ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु, भावी रणनीति तयार गर्दै छु,तर तिमीहरूले त्यो पनि पाउदैनौँ, बुझिराख ! जय रास्ट्रवाद !!

durga-prasain-1743436460.JPG
 

 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्