site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीसँँग राष्ट्रसंघीय अधिकारीको भेट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकक । थाइल्यान्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले बिहीबार भेट गरेकी छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग सलैहले होटेल सांग्रिलामा भेट गरेकी हुन् । भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिका सहयोगका विषयमा कुराकारी भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्