site stats
बाह्रखरी :: Baahrakhari
देश
विभागको चेतावनी– सामाजिक सञ्जालमा अप्रमाणित औषधिको भ्रामक विज्ञापन नगर्नू

काठमाडौं । औषधि व्यवस्था विभागले सामाजिक सञ्जलामार्फत औषधिको भ्रामक प्रचार नगर्न विक्रेतालाई चेतावनी दिएको छ । विभागले फेसबुक, टिकटकलगायत माध्यमबाट विभिन्न रोग निको हुने भन्दै अप्रमाणित औषधिको विज्ञापन गरेर नबेच्न भनेको हो ।

विभागले विभागमा दर्ता नभएका र कुनै वैज्ञानिक आधार नभएका औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनेतर्फ सजग गराएको छ । विभागले मधुमेह, मोटोपन, प्रोस्टेट, युरिक एसिड निको हुने तथा यौनशक्ति बढाउने नाममा भएका प्रचारका आधारमा औषधि प्रयोग नगर्न सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागले गरेको प्रयोगशाला परीक्षणमा यौन दुर्बलता हटाउन प्रयोग हुने औषधिमा 'सल्डेनफिल'को समिश्रण भेटिएको छ, जसको अधिक प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउनुका साथै मृत्युसमेत हुन सक्ने देखिएको छ ।

यस्तै, मोटोपन घटाउन भन्दै प्रचार गरिएको गार्सिनिया कम्बोजियाको प्रयोगबाट लेड पोइजनिङ (जसको असर मिर्गौलादेखि मस्तिष्कसम्म पर्न सक्छ), पेटसम्बन्धी जटिल समस्या, कब्जियतलगायत गम्भीर असर देखिने प्रमाणित भएको छ ।

अन्य औषधिसँग मिल्दोजुल्दो नाम राखेर प्रचारप्रसार, बिक्रीवितरण तथा ओसारपसार गर्नेलाई औषधि ऐन, २०३५ अनुसार कारबाही गरिने विभागको चेतावनी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्