site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले भने– भेटघाट फलदायी रह्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता फलदायी भएको बताएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि ओली र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,” भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।”

भारतीय प्रधानमन्त्री मोदीले भेटमा भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गरेको बताएका छन् ।

“हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेषगरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं,” मोदीले भने ।

दुई देशका प्रधानमन्त्रीबीच विशेष गरी विकास साझेदारी, ऊर्जा, जनता–जनता सम्बन्ध र कनेक्टिभिटीका क्षेत्रमा पारस्परिक रूपमा लाभदायक द्विपक्षीय सहयोग बढाउनमा केन्द्रित रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्