site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमत पार्टीका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बित

काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ । उक्त पार्टीको केन्द्रीय अनुशासन समितिले साहलाई यसअघि ११ बुँदे स्पष्टीकरण सोधेको थियो । 

गत फागुन २१ मा सोधिएको स्पष्टीकरणको जवाफ साहले  फागुन २७ मा दिएका थिए । जवाफ चित्त नबुझेको भन्दै अनुशासन समितिले साहलाई निलम्बन गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहमाथि पार्टी अध्यक्ष डा. सीके राउतको पारिवारिक मामलामा प्रहरीमा उजुरी दिन लगाएको, विरोधीले लेखेका कुरा सामाजिक सञ्जालमा सेयर गरेको, पत्रपत्रिकामा अध्यक्ष र पार्टीविरुद्ध अन्तर्वार्ता दिएको, कार्यकर्तालाई फोन र मेसेज गरेर गुटबन्दी गरेको लगायत आरोप लगाइएको छ । 

निलम्बन पत्रमा लेखिएको छ, “तपाईंले जनमत पार्टीलाई भोट नहालेको स्वीकार गर्नुभएकै छ, राष्ट्रिय उपाध्यक्षको पदमा बसेर जनमत पार्टीलाई भोट नहाल्नु अक्षम्य अपराध हो ।”

साहले विभिन्न ठाउँमा अध्यक्षलाई हटाउन लबी गर्ने अक्षम्य अपराध गरेको निलम्बनपत्रमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्