site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविलाई बिर्सनुपर्ने, ‘अरिंगाल’मुक्त रास्वपा बनाउन मुकुलको प्रस्ताव 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका डा. मुकुल ढकालले सभापति रवि लामिछाने पुर्पक्षका निम्ति कारागार जाँदै गर्दा यसलाई दल बनाउने अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् । पछिल्लो समय उनले लगातार रास्वपा बनाउने धारणा सामाजिक सञ्जालमार्फत राखिरहेका छन् ।

देशभर घुमेर समीक्षा प्रतिवेदन बुझाएपछि पार्टीको निर्णय नभई त्यो सार्वजनिक गरेको भन्दै डा. मुकुललाई रास्वपाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । सुरुमा उनले महामन्त्री र प्रवक्ताकोे जिम्मेवारी गुमाएका थिए । पछि साधारण सदस्य नै गुमाउन पुगेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसरी निकालिनुअघि उनले प्रतिवेदनमा लेखेका थिए– रास्वपालाई रवि लामिछानेको क्लबबाट पार्टी बनाउनुपर्छ ।

त्यही भनाइ सार्वजनिक गरेपछि रिसाएका लामिछानेले उनलाई पार्टीबाटै निकालेका थिए । 

सोमबार (चैत २५) पुनः उनले यस्तै प्रस्ताव गरेका छन् । “चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ । क्लब हुँदै पार्टी बनाउनपर्ने थियो । तर, क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकि उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो,” डा. ढकालले फेसबुकमा लेखेका छन्, “अब रवि दाइ वर्षौंका लागि ‘मामाघर’ जानुभएको छ । अब क्लबबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ ।”

उनले रास्वपामा रवि समर्थकले ‘अरिंगाल’ चरित्र देखाएर बाँकी नेतालाई थर्काएर राखेको आरोप लगाए । दुईचार हजार ‘अरिंगाल’बाट डराउन नहुने उनको भनाइ छ ।

“रविको क्लबबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । हिजो जसरी कांग्रेस, एमालेका लाखौँ झोलेसँग डराएनौँ, त्यसरी यी दुईचार हजार अरिंगालसँग पनि डराउनु पर्दैन,” उनले भनेका छन्, “झोले र अरिंगालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।”

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्