site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कुस्ती’को ‘इन्डक्ल्याप’ 

काठमाडौं । चलचित्र ‘कुस्ती’को छायांकन सकिएको छ । । काठमाडौं तथा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रको ३९ औँ दिनमा इन्डक्ल्याप गरिएको हो ।  

गीतको छायांकन गर्न भने बाँकी रहेको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । फरक स्वभावका कारण एकसाथ रहन संघर्ष गर्न बाध्य जोडीको कथा यो चलचित्रले देखाउनेछ । छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको कथा चलचित्रले उठान गर्ने निर्देशकले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसीलगायत कलाकारको अभिनय छ । 

एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली चलचित्र हो । 

उमंग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन रहने चलचित्र २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्