site stats
बाह्रखरी :: Baahrakhari
देश
डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

हुरी र असिनापानीसँगै परेको चट्याङ लागेर गएराति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सातजना घाइते भएका प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । 

नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शंकर नागरी घाइते भएका हुन् । 

सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्