site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको रिट पहिलो नम्बरमा परेको थियो ।

लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पाडेलले आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने यसअघि निवेदन लिएर सर्वोच्च गइसकेका छन् । उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

उक्त आदेशपछिको सुनवाइ नहुँदै लामिछानेको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । रिटमा लामिछानेलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ । उनको रिटमा इजलासले आदेश भने गरिनसकेको लामिछानेका वकिल अधिवक्ता डा. नारायण कँडेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्