site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीले भन्यो– शिक्षक र कर्मचारीका समस्या समाधान गर्न पहल गर्छौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय निजामती सेवा र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयक छिटो पारितका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आफ्नो दलका सांसदलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले शिक्षक र कर्मचारीका समस्या समाधानका लागि पहल गर्ने बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माओवादी संसदीय दलको बैठकले शिक्षकका माग सम्बोधनका लागि सरकारले चासो नदेखाए अन्य दलसँग छलफल गरेर उनीरूको समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

उनका अनुसार, प्रचण्डले तराई–मधेस जागरण अभियानमार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेकाले अभियानका क्रममा जनताले दिएका सुझावलाई सदनमा लैजानसमेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्