site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद्को बैठक : सरकारको नीति तथा कार्यक्रम वैशाख १९ मा

काठमाडौं । सरकारको नीति कार्यक्रम आउँदो वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते दिउँसो ३ बजे ल्याउने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपतिसमक्ष सिफारिस अनुरोध गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

गएको १२ गते बोलाइएको संघीय संसद्को दुवै सदनको अधिवेशनमा परम्परा तोड्दै सरकारले  बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ । संघीय संसद्को दुवै सदनमा अलग अलग छलफल हुनेछ । करिब एक साता छलफल गरेपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते जवाफ दिने कार्यतालिका बनाइएको छ ।

यस्तै, बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा वैशाख २८ गते नै प्रस्तुत गरिने छ । बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख ३० देखि छलफल गर्ने कार्य तालिका छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्