site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लगानी अनुकूल वातावरण बनाउन ल्याइएको अध्यादेश स्वीकृत गर्ने निर्णय

विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशमा लगानीको अनुकूल वातावरण बनाउन आठ वटा ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८२ स्वीकृत गरेको छ ।

मंगलबार बसेको बैठकले प्रदेश सरकारले आयोजना गर्ने आसन्न लगानी सम्मेलनलाई लक्षित गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सहजीकरणका लागि अध्यादेश स्वीकृत गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वीकृत अध्यादेश आजै प्रदेश प्रमुखको कार्यालयमा पठाइने र प्रमाणीकरणलगत्तै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको पनि उनले बताए । संशोधन गर्ने आठवटा ऐनमा सार्वजनिक निजी साझेदारी ऐन, २०७६, प्रदेश सहकारी ऐन,२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, भवन ऐन, २०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन, २०७७, प्रदेश पर्यटन विकास ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन, २०७७ र प्रदेश वन ऐन, २०७७ रहेका छन् ।

कोसी प्रदेश लगानी सम्मेलन सन् २०२५ को अवसरमा प्रदेश सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । यही वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन आयोजना हुँदै छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २३:३४
प्रतिक्रिया दिनुहोस्