site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गैरआवासीय नेपालीको साझा सोच– ‘नेपालको समृद्धि छिट्टै होस्’ : नेता सिटौला

कठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गैरआवासीय नेपालीलाई नेपालसँग थप मजबुत सम्बन्ध विकास गर्न आवश्यक कानुन निर्माणका लागि सुझाव माग गरेका छन् । नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गैरआवसीय नेपालीसँग सुझाव माग गरेका हुन् ।

उनले गैरआवसीय नेपालीको सुझावअनुसार नेपालसँग जोड्न सजिलो हुने गरी कानुन निर्माण गर्न सहयोग गर्ने उल्लेख गरे । संविधानले गैरआवासीय नेपालीको चिन्ता र चासो समेटेको उनको भनाइ छ । थप सहजताका लागि सरकारले संसद्‌मार्फत गैरआवासीय नेपालीको सम्बोधन गर्न आवश्यक काम गरिरहेको उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"चाहे खाडी मुलुकमा गएर मजदुरी गर्ने मानिसहरू हुन् चाहे अष्ट्रेलियातिर गएर ठूलो व्यापार गर्नेहरू हुन् चाहे जापान, अमेरिका, युरोपतिर पुगेका साथीहरू हुन् एउटा कम सोच छ त्यो हो नेपाल राम्रो बनोस्, सफल बनोस्, नेपालले छिट्टै समृद्धि प्राप्त गर्न सफल होस् भन्ने सोच छ," उनले भने "त्यसका बाहिर जाने सबै साथीहरूलाई जोड्नु पर्छ भन्ने विचार संविधान निर्माण गर्ने बेलामा संविधानसभामा उठेको थियो । त्यसैले एनआरएनले त्यसबेला दिएको कन्सर्नलाई हामीले संविधानमा सम्बोधन गर्ने प्रयास गर्‍यौँ । अहिले त्योसँग जोडिएका कानुन ल्याएर पनि अझै राम्रोसँग जोड्ने प्रयास सरकारले संसद्ले गरिरहेको छ ।"

नेता सिटौलाले नेपालबाट जनुसुकै देशमा पुगेका नेपाली भए पनि नेपालको समृद्धि होस् भन्ने सबैको साझा सोच रहेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्