site stats
बाह्रखरी :: Baahrakhari
देश
१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए । 

“सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो । तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ । म्याद थपको लागि निवेदन पनि दिएको छैन”, उनले भने, “सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ ।”

यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । रासस


 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्