site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक जारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । शनिबार (वैशाख २०) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दलको बैठक बसेको हो ।

बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल गरिनेछ । शुक्रबार (वैशाख १९) संघीय संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पार्टीको धारणा कस्तो हुने भन्ने दलको बैठकबाट तय गर्ने तयारी छ ।

आउँदो सोमबारदेखि संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्