site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'छोरी शिक्षा हटाएर कस्तो समानता खोजेको ? दलित बहिष्कार गरेर कुन नेपालीलाई खुसी पार्ने हो ?'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छोरीहरूको शिक्षा कार्यक्रम हटाएर कस्तो समानता खोजिएको भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममाथि बोल्दै भने, “छोरीहरूको शिक्षाका कार्यक्रम हटाएर कस्तो समानता खोजिएको हो ? दलितलाई नीति तथा कार्यक्रमबाटै बहिष्कार गरेर कुन नेपालीलाई खुसी बनाउने योजना हो ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफ्ना पालमा ल्याइएका कार्यक्रममा कैँची चलाइएको भन्दै आपत्ति जनाए ।

“संसद्‌मा मैले आग्रह गरेको थिएँ, मेरो नेतृत्वको सरकारबाट ल्याइएका दलित, महिला, घाइते, अपांग तथा श्रमिक समुदायसम्बन्धी कार्यक्रमहरू बदलास्वरूप च्यात्न नपरोस् । तर, अहिले त तिनको शीर्षकसमेत डिलिट गरिएको छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्