site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौतीपूर्ण छ : प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक अभावका कारण कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

संसद् भवन परिसर नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक घिमिरेले कतिपय नीति तथा कार्यक्रमहरू लागु गर्नसक्ने खालका नरहेको बताए । “आर्थिक समस्याका कारण सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्ण रूपमा लागु हुन्छ भन्नेकुरामा शंका छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख सचेतक घिमिरेले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावको आधारमा नीति तथा कार्यक्रमहरू समग्र रूपमा राम्रो आए पनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताए ।

उनले नीति तथा कार्यक्रम कार्यान्वयनको चुनौतीलाई कसरी सामना गर्ने भन्नेकुरा सरकारका लागि गम्भीर प्रश्न रहेको बताए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्