site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गभर्नर पद कुनै दलको हुँदैन, उपयुक्त पात्र नियुक्त हुन्छन् : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गभर्नर भन्ने पद कुनै दलको नहुने बताएका छन् । सरकारले उपयुक्त समयमा उपयुक्त पात्रलाई नियुक्त गर्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको उनको दाबी छ । केही दिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भए पनि यो विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन् । 

फरक प्रसंगमा बर्तौलाले संविधानविपरीत गतिविधि गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्