site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खुला सिमाना नेपालका लागि वरदान हुनसक्छ : प्रभु शाह

काठमाडौं । आमजनता पार्टीका सांसद प्रभु साहले भारतसँगको खुला सिमाना नेपालका निम्ति वरदान सावित हुन सक्ने बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो दाबी गरेका हुन् । “खुला सिमाना अहिले अभिशाप छ । यो हाम्रो कुकर्मको नतिजा हो,” उनले भने, “यदि हामीले सस्तो गर्न सक्यौँ भने यो खुला सिमाना वरदान हुन सक्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, नेपालको लोकतन्त्र नेताका स्वार्थले गर्दा उल्टो बाटोमा गएको साहले आरोप लगाए । “नेपालमा लोकतन्त्र उल्टो बाटो लागेको छ । लोकतन्त्र, जनादेशको विपरीत सरकार बनेको छ,” उनले भने ।

नेपालमा कर आतंक रहेको उनको भनाइ छ । करको दर तथा शीर्षक बढी छ । “इन्डियामा १४ शीर्षकमा कर लिइन्छ । नेपालमा ४६ शीर्षकमा कर लिइन्छ,” उनले भने ।

नेपाल प्राकृतिक रूपमा धनी भए पनि त्यसको फाइदा लिन नसकेको उनले बताए । जंगलमा ३० अर्बभन्दा बढी लगानी गरिएको, तर त्यसको आम्दानी नभएको उनले बताए । 

जंगलमा राज्यको लगानी भएको भए पनि नेताका सीमित आसेपासेले फाइदा लिएको उनले बताए । देशमा काठ किन्न महँगो परेको पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्