site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकिएको छ । शुक्रबार बिहान सुरु भएको बहस कार्यालय समय सकिएपछि मात्र सकिएको हो । 

उक्त रिटमा आदेश लेखनको काम भइरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ । तर, विद्युत् पटक पटक आउने/जाने हुँदा आदेश आउन केही ढिला हुनसक्ने सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोेलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा सोही दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा छन् ।

थुनाविरुद्ध ४५औँ दिन (मंगलबार)मा उनकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्