राजनीति

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।
सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।
"उहाँ संलग्न हुनुहुन्न, दोषी हुनुहुन्न भने कुरामा पार्टी पूरै विश्वस्त भएको हुनाले राजीनामाको कुरै आएको । ...उहाँ संलग्न रहेको कुनै आधार छैन," बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ ११:२४
प्रतिक्रिया दिनुहोस्