site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा हातेट्याक्टरले किचेर बालकको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काभ्रेको मण्डनदेउपुरमा हातेट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । 

आफ्नै घरमा हातेट्याक्टर पल्टिएर मण्डनदेउपुर–३ साप्राङ टोलका ज्ञानबहादुर तामाङका १६ महिनाका छोरा पेमा तामाङको ज्यान गएको हो । 

बालक पिँढीमा खेलिरहेका बेला एक्कासि होतट्याक्टर पल्टिएर बालकलाई किचेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति मण्डनदेउपुर नगर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्