site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : कांग्रेस सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु बुद्धिमानी हुने टिप्पणी गरेका छन् । मंगलबार (जेठ १३) संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले सदनमै स्वतन्त्र छानबिनको माग उठाइएकाले गृहमन्त्रीले मार्गप्रशस्त गर्नु नै बुद्धिमानी हुने बताएका हुन् ।

“स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ । मलाई लाग्छ, बेलुकासम्म केही आउला । नआए दुई/चार दिनभित्र आउला, किनभने १५ गते बजेट भाषण छ,” उनले भने, “बुद्धिमानी कुरा र नैतिकवान् कुराचाहिँ राजीनामा दिनु नै हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी पदाधिकारी बैठकबाट गरिएका निर्णय स्वागतयोग्य भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको उनले उल्लेख गरे । “पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ,” उनले भने, “यद्यपि, हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ ।”

बजेट भाषणअघि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

राजनीतिमा नैतिकता प्रदर्शन गर्ने विषय स्वयं नेतामा भर पर्ने उनले बताए । हालको अवस्थामा गृहमन्त्रीले मार्गप्रशस्त गर्नु नै नैतिकवान् र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहोर्‍याए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्