site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ । रासस 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्