site stats
बाह्रखरी :: Baahrakhari
कला
‘महाभोज’ अब जेठ ३० गते रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गतेदेखि देशभर प्रदर्शन गरिने भएको छ । चलचित्र यसअघि जेठ १५ गते रिलिज गरिने तय थियो । विशेष परिस्थितिका कारण रिलिज मिति सारिएको निर्माण पक्षले जनाएको छ ।

“हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ,” निर्देशक दिनेश राउतले भने, “दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमाप्रार्थी छौँ ।”

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता हिमाल कडरिया हुन् । विकास सुवेदीको लेखन छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्