site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक लोकार्पण

काठमाडौं । खेल पत्रकार हिमेशरत्न बज्राचार्यद्वारा लिखित ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तकको लोकार्पण गरिएको छ ।

आइतबार नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्यले एक कार्यक्रमबीच पुस्तकको लोकापर्ण गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘स्वर्णकथा नेपाली फुटबलको’ नेपाली फुटबलको एक शताब्दी लामो इतिहास समेटिएको पुस्तक हो । पुस्तकमा नेपाली खेलकुद पत्रकारितामा करिब तीन दशक अनुभव बटुलिसकेका पत्रकार बज्रचार्यले सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलोपटक फुटबलतर्फ जितेको स्वर्ण पदकदेखि हालसम्मको फुटबल खेलको इतिहास समेटेका छन् । 

काठमाडौंमा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाल, वर्तमान अध्यक्ष निरञ्जन अधिकारी, देशसञ्चार डटकमका प्रधान सम्पादक युवराज घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, एट्लेटिक्स घावक सन्तोषी श्रेष्ठ, बुक हिल प्रकाशनका प्रकाशक भुपेन्द्र खड्का लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्