site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा ‘असक्षम’ नेतृत्वलाई निरन्तरता, केन्द्रीय समितिको निर्णय पदाधिकारीले उल्टाए
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकार र पूर्वपदाधिधकारीले केन्द्रीय समिति बैठकको निर्णय उल्टाएका छन् । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गत भदौ १६ मा केन्द्रीय समिति बैठकले गरेको निर्णय उल्टाएको हो ।

पदाधिकारी बैठकले ‘०८१ चैत मसान्तभित्र महाधिवेशन नगर्ने भ्रातृ संस्थाका कार्यसमिति स्वतः विघटन हुने’ केन्द्रीय समितिको निर्णय उल्टाएको हो । यो निर्णयसँगै संगठनको महाधिवेशनका लागि अघि बढ्न नसकेका ‘असक्षम’ नेतृत्वको निरन्तरता हुने भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भ्रातृ संस्थाको महाधिवेशनका सम्बन्धमा चैतभित्र महाधिवेशन सम्पन्न नभए पार्टीले निर्णय गर्ने भन्नुपर्नेमा निर्णय लेख्दा ‘स्वतः विघटन’ लेखेर त्यसबेलै मिस्टेक भएको थियो,” संस्थापन पक्षका एक पदाधिकारीले बाह्रखरीसँग भने, “अब पार्टीले नै कार्यतालिका बनाएर महाधिवेशन गराउने भन्ने भएको छ ।” 

ती पदाधिकारीका अनुसार, पार्टीले गठन गरेका भ्रातृ संस्था महाधिवेशन निर्देशक समितिहरू पनि कायम रहनेछन् । तर, कार्यतालिका अनुमोदन गर्दै पार्टीलाई नै परिचालन गरेर महाधिवेशन हुनेछ । 

“यसअघि भ्रातृ संस्थालाई स्वायत्तरूपमा महाधिवेशन गराऊ भनिएको थियो । त्यसमा पार्टीका जिल्ला तहबाट सहयोग हुने अवस्था बनेन,” ती पदाधिकारीले भने, “अब भ्रातृ संस्थाले महाधिवेशनमा भाग मात्र लिन्छन् । सम्बन्धित तहको पार्टी संरचनाले अधिवेशन गराउँछन् ।” 

नेविसंघ जिल्ला अध्यक्षले महाधिवेशनको अध्यक्षता गरे पनि जिल्ला सभापतिकै समन्वयमा जिल्ला अधिवेशन हुने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्