site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दरबार हत्याकान्डमा मारिएकाको सम्झनामा हिमानी र हृदयन्द्रले गरे दीप प्रज्ज्वलन

काठमाडौं । दरबार हत्याकान्डमा मारिएका राजा रानीसहित परिवारका सदस्यको सम्झनामा कमलादी गणेश मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।

हिमानी ट्रष्टले दीप प्रज्ज्वलन आयोजना गरेको थियो । जहाँ पूर्वयुवराज्ञी हिमानी शाह र हृदयन्द्र शाहको उपस्थिति थियो । यसअघि नारायणहिटी दरबार परिसरमा रहेको नारायण मन्दिरमा दीप प्रज्वलनको तयारी गरिएको भए पनि कमलादीमा गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दीप प्रज्ज्वलनमा पूर्वराजा ज्ञानेन्द्र शाह भने अनुपस्थित थिए ।  २०५८ सालमा भएको दरबार हत्याकान्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित परिवारका सदस्य मारिएका थिए ।

deepprajwan8-1748874167.jpg

deepprajwan6-1748874165.jpg

deepprajwan5-1748874164.jpg

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्