site stats
बाह्रखरी :: Baahrakhari
कला
‘आ बाट आमा’मा पल अनुबन्धित

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’मा पल शाह अनुबन्ध भएका छन् । उनलाई निर्माणपक्षले अनुबन्ध गरिसकेको छ । 

पलले आफूलाई सिनेमाको कथा मन परेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो चलचित्रमा विपना थापा यसअघि नै अनुबन्ध भइसकेकी छन् । विपना यो चलचित्रमा आमाको भूमिकामा देखिने छिन् ।  

‘आ बाट आमा’को स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहेका छन् । चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भइसकेको छ । 

यो चलचित्र फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्