site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुन बनाउँदा बुवा–आमालाई समान ढंगले लिन सकेनौँ : माधव सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधानमा महिला पुरुषलाई समानरूपमा स्वीकार गरिएको भए पनि कानुन निर्माण गर्दा बुवा–आमालाई समान ढंगले लिन नसकेको बताएका छन् ।

शुक्रबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद सापकोटाले विभेदको अन्त्य गर्ने गरी कानुन सम्पादन गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"संविधानमा महिला पुरुषलाई समानताका रूपमा स्वीकार गरेका छौँ । त्यो अधिकार, पहिचान सबै कुराका हिसाबले । कानुन निर्माण गर्दा बुवा र आमालाई समान ढंगले लिन सकेका छैनौँ । यो अर्को प्रकारको विभेद हो । यो विभेदको अन्त्य गर्ने गरी यो कानुनलाई सम्पादन गरिनुपर्छ ।"

उनले अगाडि भने, "बाबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको छ । तर, कानुन निर्माणमा सम्बोधन भएको छैन । यो विधेयकले समेटोस् ।"

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्