site stats
बाह्रखरी :: Baahrakhari
कला
५१औँ दिन मनाएको ‘पिताम्बर’टीमले घोषणा गर्‍यो ‘पिताम्बर–२’

काठमाडौं । चलचित्र ‘पिताम्बर’को सिक्वेल बन्ने भएको छ । ‘पिताम्बर’टीमले प्रदर्शनको ५१औँ दिन मनाउदै यसको सिक्वेल निर्माणको घोषणा गरेको हो । 

गत चैत २९ गतेबाट प्रदर्शनमा आएको ‘पिताम्बर’ बिहीबार ५१ दिन मनाएको हो । यो चलचित्रले रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बीएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच ५१औँ दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको छ । 

‘पिताम्बर’लाई कृषा चौलागाईंले निर्देशन गरेकी थिइन् । चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्टलगायतको अभिनय थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्