site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पानीजहाज विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रियसभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले पानीजहाज विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा सांसदहरूले छलफल गरी प्रश्न गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताए । कोसी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने उल्लेख गरे ।

मन्त्री दाहालले जवाफ दिइसकेपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरे । जसलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरे । बहुमत सांसदहरूको समर्थनसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्