site stats
बाह्रखरी :: Baahrakhari
कला
‘अभिमन्यु : च्याप्टर–१’को पब्लिसिटीमा रहस्मयी हिममानव नै किन ?

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचारका लागि एआई भिडियोको प्रयोग गरिरहेको छ । निर्माणपक्षले आफ्नो सिनेमाको प्रचारका लागि आई भिडियोमार्फत रहस्यमयी हिममानव यति बनाएको छ । 

यतिले सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य भिडियो छ । जसमा हिमाली क्षेत्रमा सिनेमा हल छैनन्, त्यसैले चलचित्र हेर्न सहरबजार नै आउनुपर्छ भन्ने भिडियोमा उल्लेख छ । 

अर्को भिडियोमा यतिले आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर–१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ मा लाग्छ भनेको छ । सँगै बाँदर पनि प्रयोग गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्माणपक्षले सिनेमाको प्रचारमा यति किन राख्यो ? आफ्नो सिनेमालाई यतिजस्तै महत्वपूर्ण भन्ने खोजेको हो ? यसबारे भने  निर्माणपक्षले केही बताएको छैन ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को यसअघि नै काउन्ट–डाउन सुरु भइसकेको छ । निर्माणपक्षले सयदिने काउन्ट–डाउन पोस्टर सार्वजनिक गर्दै सुरु गरेको थियो ।

पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । 

मुकेश खनालको लेखन रहेको छ । ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । 

रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्