site stats
बाह्रखरी :: Baahrakhari
कला
‘अभिनय किन छायामा ?’

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । यो चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् ।

मनिष ‘प्रेमगीत–३’का अभिनेता हुन् । ‘प्रेमगीत–३’मा रुचाइएका उनी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा भने एसोसिएट डिरेक्टरको भूमिकामा छन् ।

यो चलचित्रमा उनलाई दर्शकले अभिनेताका रूपमा देख्न पाउने छैनन् । अर्थात् उनले यसमा अभिनय गरेका छैनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप हसज हुन्छ कि भन्ने मेरो सोच हो,” मनिष भन्छन्, “म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।”

हरेक अभिनेताको चाहना निर्देशन पनि हुने गरेको भन्दै उनले अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले बताएका छन् । 

यो चलचित्रमा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

हिमाल न्यौपाने निर्देशक रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्