देश

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६, भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार (असार ११) राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार राति करिब ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा उनलाई दाहिने खुट्टामा सर्पले डसेको थियो । त्यसपछि उपचारका निम्ति कावासोतीस्थित कालीगण्डकी अस्पताल लगिएकामा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले बताए ।
गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढेको छ । रासस
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १०:४१
प्रतिक्रिया दिनुहोस्