site stats
बाह्रखरी :: Baahrakhari
देश
अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । अर्घाखाँचीमा आइतबार (असार १५) बिहान ‘मध्यम’ वर्षा भएको छ । राङसिङमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यो दाङ सीमानजिकको स्थान हो । अर्घाखाँची र दाङ भई बहने साना खोलामा बहाव बढ्ने सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“असार १५, बिहान ७ः०५ बजे । पछिल्लो एक घण्टामा अर्घाखाँची जिल्लास्थित राङसिङ वर्षामापन केन्द्र र आसपासको क्षेत्र मध्यम वर्षा मापन भएकोले अर्घाखाँची र दाङ क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

मौसमविद्ले सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्