देश

बैतडी । चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३, सिमारका २६ वर्षीय महेश राना रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सोमबार (असार १६) बिहान ६ बजेतिर राना घरनजिकैको चौलानी नदीमा हाम फालेका पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका निम्ति नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ १२:४२
प्रतिक्रिया दिनुहोस्