site stats
बाह्रखरी :: Baahrakhari
देश
महिलाको अश्लील भिडियो बनाएर बेच्ने गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । महिलाको अश्लील फोटो तथा भिडियो बनाएर बिक्रीवितरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का २९ वर्षीय रमेश थापा छन् । उनी पछिल्लो समय काठमाडौंको टोखा बस्दै आएका थिए ।

प्रहरीका अनुसार, उनले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषसँग रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउँथे । त्यसक्रममा उनले महिलाको अश्लील सामग्री बनाएर बिक्रीवितरण गर्थे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका गतिविधिबारे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो ।

उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्