site stats
बाह्रखरी :: Baahrakhari
देश
गोष्ठीमा भाग लिन विदेश भ्रमणमा जाँदै सञ्चारदेखि स्वास्थ्यसचिवसम्म
फाइल तस्बिर ।

काठमाडौं । सरकारले एकैपटक ठूलो संख्यामा सचिवहरूको विदेश भ्रमण स्वीकृत गरेको छ । यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न फोरममा भाग लिन जाने सचिवहरूको भ्रमण स्वीकृत गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार, सञ्चारसचिव राधिका अर्याल, खानेपानीसचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाको विदेश भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सचिवदेखि मन्त्रीसम्मको विदेश भ्रमण ‘क्याबिनेट’बाट स्वीकृत हुनुपर्छ । त्योभन्दा तलका पदको कर्मचारीको विदेश भ्रमण मन्त्रालय वा मन्त्रीले स्वीकृत गर्ने प्रचलन छ ।

सचिव मात्र नभएर मन्त्रीहरू समेत विदेश भ्रमणमा जाँदै छन् । यही असार ३० देखि साउन १ गतेसम्म भियतनामको हनोईमा हुने एक कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि पेरिस भ्रमणमा जाँदै छन् । यति बेला प्रधानमन्त्री केपी शर्मा ओली नै विदेश भ्रमणमा छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्