देश

चितवन । चितवनको बुढीराप्ती खोलामा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । गोहीको आक्रमणबाट उनको ज्यान गएको हो । यो बिहीबार (असार १९) रातिको घटना हो ।
रत्ननगर नगरपालिका–८, चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनी बिहीबार राति एक साथीका साथ खोलामा माछा मार्न गएका थिए । रासस
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ ०९:४७
प्रतिक्रिया दिनुहोस्