site stats
बाह्रखरी :: Baahrakhari
देश
वीरगन्जको ‘अवैध’ गोदाममा छापा, लत्ताकपडा बरामद

काठमाडौं । पर्साको एक ‘अवैध’ गोदाममा बिहीबार (असार १९) सशस्त्र प्रहरीले छापा मारेको छ । त्यहाँबाट लत्ताकपडा बरामद गरिएको छ ।

वीरगन्ज महानगरपालिका–१ बाट करिब १८ लाख ५५ हजार ३५० रुपैयाँबराबरको लत्ताकपडा र जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वीरगन्ज–१, छपकैयास्थित लीलावती देवी, सन्तोष कुमार र भोला साह कानुका गरी तीन घरमा छापा मारेर उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भन्सार छलेर भारतबाट नेपाल ल्याई अवैध रूपले लत्ताकपडा र जुत्ताचप्पल त्यहाँ भण्डारण गरी राखेको पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्