site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जात्रा’को पहिलो शोमा ६० प्रतिशत अकुपेन्सी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाली कथानक चलचित्र 'जात्रा'ले सुखद् ओपनिङ गरेको छ । पहिलो दिनको पहिलो सोमा हलको सिट संख्याको ६० प्रतिशत अकुपेन्सी पाएको ‘जात्रा’ को निर्माण पक्षले जनाएको छ । 
“औसतमा हलको ६० प्रतिशत टिकट बिक्री भएको छ, यो राम्रो सुरुआत हो,’ ‘जात्रा’का कार्यकारी निर्मातासमेत रहेका कलाकार रविन्द्रसिंह बानियाले भने, “यो चलचित्र पहिलो दिनको पहिलो शो नै हाउसफुल हुने चलचित्र होइन, दर्शकको उपस्थिति विस्तारै बढ्दै जान्छ । अरु चलचित्र भन्दा निकै राम्रो अकुपेन्सी छ ।”
चलचित्रका कलाकार, निर्माता तथा निर्देशक अहिले प्रचारका क्रममा काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् । विहान जय नेपाल र सिविल मल पुगेको ‘जात्रा’ टोली मध्यान्हको सोका लागि ललितपुरको लविम मल पुगेको छ । 
काठमाडौं उपत्यका भित्र र बाहिर गरेर ४० वटा हलमा लागेको जात्रा पैसा नहुँदाको अभावको जिन्दगी र अनपेक्षित रुपमा आएको पैसाको व्यववस्थापनको जात्रा नै यो चलचित्रको मुख्य कथा हो । 
असनका तीन जना व्यापारीले पैसाका लागि गरेको संघर्ष ‘जात्रा’मा देखाइएको छ । विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत र प्रेक्षा बज्राचार्य ‘जात्रा’ का मुख्य कलाकार हुन् । 
चलचित्र ‘जात्रा’ लाई प्रदीप भट्टराइले निर्देशन गरेका हुन भने कथा पनि भट्टराई स्वयमले नै लेखेका छन् । 
 
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १३:११
प्रतिक्रिया दिनुहोस्