site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हरिण शिकारको मुद्दामा सर्वोच्च अदालतले माग्यो सलमानसँग जवाफ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । हरिण शिकारको विषयलाई लिएर बलिउड अभिनेता सलामान खानलाई फेरी अप्ठेरो परेको छ । जोधपुर हाइ कोर्टले सलमान खानलाई सफाइ दिएपनि राजस्थान सरकारले सर्वोच्च अदालतमा फेरी यसको बारेमा आवाज उठाएपछि सलमान खानलाई हरिण शिकारको मुद्दामा पुनः अप्ठेरो अवस्थाका सिर्जना भएको भारतीय सञ्चार माध्यम आजतकको अनलाईन संस्करणले  जनाएको छ । 
राजस्थान सरकारले सलमान खानको बिरुद्धमा सर्वोच्च अदालतमा गरेको अपिलमा सर्वोच्च अदालत पनि यो मुद्दामा सुनुवाई गर्न तयार भएको छ । सर्वोच्च अदालतले यो विषयमा सलमान खानको प्रतिक्रिया जान्नका लागि सूचना पनि जारी गरेको छ । सर्वोच्च अदालतको सुनुवाई चाडैनै सुरु हुने आजतकले जनाएको छ ।
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०८:३२
प्रतिक्रिया दिनुहोस्