site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तरुण दलमा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । शनिबारबाट पोखरामा सुरु भएको कांग्रेस भ्रातृ संगठन तरुण दलको चौथो महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मति गर्ने प्रयास भइरहेको छ । आइतबार दिउँसो १२ बजेबाट बन्दसत्र सुरु भए पनि नेतृत्व सर्वसम्मत गर्ने प्रयास भइरहेको तरुण दलकी नेतृ लक्ष्मी खतिवडाले जनाकारी दिइन् । 
अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेतलाई अध्यक्षमा, सिद्वार्थ कोइराला र भूपेन्द्र जंग शाहीमध्ये एकजनालाई महासचिव बनाउने प्रयास भइरहेको देउवा निकटका एक तरुण दलका नेताले बताए । उनले उपाध्यक्ष कसलाई बनाउने भन्नेमा समेत सहमति खोज्ने प्रयास भइरहेको जनाए । 
पार्टी नेता रामचन्द्र पौडेल निकटका अर्का एक तरुण दल नेताले सिटौला निकटका उत्तम चापागाइँलाई उपाध्यक्ष बनाएर भएपनि सर्वसम्मत गर्ने प्रयास भइरहेको स्रोतले बतायो । सिटौला पक्षका एक नेताले भने आफूहरु कुनै पनि हालतमा निर्वाचनको पक्षमा रहेको बताएका छन् । 
यसअघि नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा देउवा र सिटौला पक्षले संयुक्त प्यानल खडा गरेर चुनावमा गएपछि नेता पौडेल पक्ष पराजित भएको थियो । यसैले यसपटक पौडेल पक्ष सहमतिमै नेतृत्व चयनको पक्षमा देखिएको छ । देउवा र पौडेल पक्ष एक भएपछि यसपटक सिटौला पक्षले भने निर्वाचनमा जानुपर्ने बताउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:०९
प्रतिक्रिया दिनुहोस्