site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी महिला इमर्जिङ कप : श्रीलंकाको सुखद सुरुआत 

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध तीन विकेटको जित निकाल्दै श्रीलंका ‘ए’ ले एसीसी महिला इमर्जिङ कपमा सुखद सुरुआत गरेको छ ।

बुधबार हङकङको मिसन रोड मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ९६ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा ओपनर विश्मी गुणारत्नेले २१ रन बनाइन् । इमेशा दुलानीले १५, कौशिनी नुथ्यांगनाले १४ र निलक्षणा सिन्दामिनीले १२ रन जोडे । मदुसिका मेथ्तनन्दाले ११ र उमाशा थिमेशानीले १० रन थपे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यूएईकी इशा ओजा र इन्धुजा नन्दाकुमारले समान दुई विकेट लिए । चया मुघलले एक विकेट लिइन् ।

त्यसअघि। टस जितेर ब्याटिङ थालेको यूएईले १९.३ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो ।

यूएईकी इशा ओजाले ३० बलमा समान दुई चौका र छक्कासहित ३९ रन बनाएकी थिइन् । थिर्थ सतिसले १६ र खुसी शर्माले १४ रन जोड्नुबाहेक यूएईका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यूएईलाई मध्यम योगफलमा रोक्न श्रीलंकाकी मदुसिका मेथ्तनन्दाले चार विकेट लिइन् । ३.३ ओभर बलिङ गरेकी मेथ्तनन्दाले १६ रन खर्चिइन् । माल्शा शेहानी र निमाशा मिपेजले समान दुई विकेट लिँदा सथ्या सन्दीपानीले एक विकेट लिइन् ।

आजदेखि सुरु भएको प्रतियोगितामा श्रीलंका, यूएई, बंगलादेश, मलेसिया, नेपाल, पाकिस्तान, हङकङ र भारत गरी आठ टिमको सहभागिता छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा नेपाल, पाकिस्तान, भारत र हङकङ छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, यूएई र मलेसिया छन् । प्रतियोतिगामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट ‘ए’ टिम र बाँकी चार देशका सिनियर राष्ट्रिय टिम नै सहभागी छन् ।

योपटक थाइल्यान्डले सहभागिता नजनाउने भएपछि एसीसीले नेपाललाई अवसर दिएको हो । नेपालले भोलि पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्