site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरभित्र यात्रु चढाउने र ओराल्ने ठाउँ तोक्न कार्यदल गठन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र यात्रुहरू चढाउने र ओराल्ने ठाउँ तोक्न कार्यदल गठन गरेको छ । महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको हो ।

जसमा जगतमान श्रेष्ठ संयोजक, उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि. सदस्य रहेका छन् ।

कार्यदलले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाका लागि पनि काम गर्ने छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्