site stats
बाह्रखरी :: Baahrakhari
कला
सुरेश अधिकारीले मागे माफी 

काठमाडौं । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले माफी मागेका छन् ।  एफएम रेडियोसँग सम्बद्ध विभिन्न संस्थालाई लक्षित गरेर आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति उनले माफी मागेका हुन् । 

“यदि, आवेशमा व्यक्तिगत रूपमा प्रस्तुत मेरो शैली र म बाट व्यक्त भएका शब्दहरूले कोही कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म "सम्बन्धित सबैमा विनम्रतापूर्वक क्षमायाचना गर्दछु,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “संगीत रोयल्टीप्रति उदार रहनुभएका केही मैले सम्मान गर्ने व्यक्तित्वहरु समेत त्यस आलोचनामा मुछिएको अनुभूति गर्नुभएको कुराले म आफैँलाई पनि दुखी तुल्याएको छ ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एफएम रेडियोहरूले संगीत रोयल्टी नतिरे कानुनी उपचार खोज्ने चेतावनी 

अधिकारीले नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले संगीत रोयल्टी नबुझाउन एफएम रेडियोहरूलाई उक्साएको भन्दै त्यस्ता रेडियो नवीकरण रोक्नेसम्मको चेतावनी दिएका थिए । 

त्यसपछि रेडियोसँग सम्बद्ध संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरेश अधिकारीसँग जोडिएका गीत एफएम रेडियोमा प्रशारण नगर्ने बताएका थिए । त्यसलगत्तै गीतसंगीतसँग सम्बद्ध विभिन्न सातवटा संघसंस्थाले त्यसको प्रतिवाद गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्