site stats
बाह्रखरी :: Baahrakhari
देश
युरोपका देशमा रोजगार लगाइदिने बहानामा ठगी गर्नेमाथि थालियो अनुसन्धान 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माल्टा, रोमानिया, पोल्यान्ड, पोर्चुगललगायतका देशमा रोजगारमा लगाइदिने भन्दै ठगी गर्नेमाथि अनुसन्धान सुरु गरेको छ । वैदेशिक रोजगारीका नाममा ठगी बढेपछि मन्त्रालयले अनुसन्धान अघि बढाएको हो । 

"आकर्षक सेवा, सुविधाको प्रलोभन देखाएर माल्टा, रोमानिया, पोल्यान्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकहरूमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा मन्त्रालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ," मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विज्ञप्तिमा वैदेशिक रोजगारीमा जानका लागि सरकारले खुला गरेका मुलुकहरूमा तीन प्रकारको कानुनी प्रक्रियाबाट श्रम स्वीकृति प्रदान गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार नेपाल सरकार र सम्बन्धित देशको सरकारबीच श्रम सम्झौता गरी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त इजाजतप्राप्त संस्था र व्यक्तिगत रूपमा श्रम स्वीकृति प्रदान गरी वैदेशिक रोजगारीमा जान सकिन्छ ।

वैदेशिक रोजगारमा जाँदा जान चाहेको मुलुक, कामको विवरण, तलब सेवा सुविधा, आवश्यक सिप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्री भिसा फ्री टिकटको बारेमा इजाजतप्राप्त संस्थामा स्वयम् आफैँ उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकिन गरेर मात्र जान मन्त्रालयले अनुरोध गरेको छ । 

असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्